बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।
उनी २४ हजार ७७९ मतसहित सो क्षेत्रबाट निर्वाचित भएका हुन् । उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।
चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् । पौडेल यसअघि २०७४ सालको चुनावमा पनि निर्वाचित भएका थिए ।