बर्दिया । बर्दिया क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएको छ ।
२६ हजार पाँच सय २० मत सहित उनी सो क्षेत्रबाट निर्वाचित भएका हुन् । उनले निकतम् प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए ।
यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए । राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए ।