close

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

Trulli
ADVERTISEMENT

डोटी । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र)का नेता शिव सिंह ओली विजयी भएका छन् । 

प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।

मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाएका छन् ।

यस्तै, हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत पाएका छन् । 

प्रदेशसधा १ मा ३३ हजार तीन सय २२ मत खसेकोमा एक हजार नौ सय १९ मत बदर भएको छ ।

प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादीका शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएका छन् ।

ओलीले १४ हजार ४७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ पाए ।

प्रदेशसभा २ मा ३० हजार दुई सय ३४ मत खसेको थियो । जसमध्ये एक हजार ३२ मत बदर भएको छ ।