मुगु । मुगुको प्रतिनिधिसभामा नेपाली काँग्रेसका एन बहादुर शाही सुरुवाती अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका राजबहादुर कार्कीले पछ्याइरहेका छन् ।
दुई हजार ४६ मत गणना हुँदा काँग्रेसका शाहीले एक हजार १२ मत पाएका छन् । उता नेकपा एमालेका कार्कीले ९ सय ३३ मत पाएका छन् ।
सो क्षेत्रमा निर्वाचन भएको चारदिन पछि मात्रै मतगणना सुरु भएको हो ।