काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा मतगणनाकाे सुरुवात देखिनै अग्रस्थानमा रहेका गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले अग्रता कायम राखेका छन् ।
हुमागाईले १३ हजार ९१५ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी गाेकुल बाँस्कोटाले १३ हजार १२० मत पाएका छन् । हुमागाई र बाँस्कोटा ४५४ मतान्तरमा छन् ।
काभ्रे–२मा हालसम्म बेथानचाेक गाउँपालिका र बनेपा नगरपालिकाकाे मत गणना सकिएकाे छ ।