रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले २ हजार ५ सय ४२ मतका साथ अग्रता लिएका छन् ।
स्वतन्त्र उम्मेदवार घनश्याम भूसालले विश्वकर्मालाई पछ्याइ रहेका छन् । उनले हालसम्म १ हजार ९६४ मत पाएका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।