चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमालेका कृष्ण पोखरेललाई पछाडि पारेका छन् ।
लामिछाने ४ हजार ७ मतसहित अग्र स्थानमा उक्लिएका छन् । एमालेका पोखरेलले ३ हजार ८७९ मतसहित दोस्रो स्थानमा छन् ।
कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।
कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।