रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा अग्रस्थानमा छन् । उनले नेपाली काँग्रेसका उम्मेद्वार तथा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् ।
मंगलबार विहानसम्मको मतगणनामा बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।
राप्रपाका बोहरालाई नेकपा एमालेले समर्थन गरेको छ ।