चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले पुन अग्रता कायम गरेका छन् । उनले ३ हजार ६२३ मतसहित अग्र स्थानमा छन् ।
उनलाई नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मतसहित पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । १० हजार ४६८ मत गणना हुँदा उनले २९७८ मत पाएका छन् ।
अहिलेसम्म इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।