काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ९५० मतसहित प्रारम्भिक अग्रता कायम गरेका छन् ।
काठमाडौँमा महानगरपालिका वडा नं १६ नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्रमा मतगणनामा भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८५६ मतका साथ एमालेलाई पछ्याइरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ६९८ मत प्राप्त गरेकी छिन् ।
अपराह्न ४ बजेसम्म तीन हजार ६५९ मत गणना सकिएको छ ।
गणना गरिएको मतमध्ये तीन हजार ५४४ सदर र ११५ मत बदर भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।
सो क्षेत्रमा पानीको जार निर्वाचन चिह्नका उम्मेदवारले २४३, लौरो निर्वाचन चिह्नका उम्मेदवारले १३८ र क्रस खुकुरी निर्वाचन चिह्नका उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं ७ को प्रदेशसभातर्फको दुवै क्षेत्रको मतगणना शुरु भएको छ ।