डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन्।
यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले १४१ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।
अहिले परशुराम नगरपालिका र नवदुर्गा गाउँपालिकाकाे मतगणना भइरहेकाे छ ।