काठमाडौै । आइतबार भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचनको मतगणना जारी भएरहेको छ । प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हाल ३० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) ले ३० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको जनाएको छ ।
आयोगका अनुसार मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचनले विजयी हासिल गरिसकेका छन् ।
केही स्थानमा मतगणनाको लागि सर्वदलीय बैठक बस्दै आएको छ । बाँकी रहेका क्षेत्रमा पनि आजै मतगणना गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।