कालीकोट । कालीकोटमा गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुन नसकेकी पुष्पा भट्टराईलाई सोमबार सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्लाको महाबै गाउँपालिका–५ की भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो । तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।