ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ ।
नेकपा एमालका उम्मेदवार अमृत खड्काले ७८४ मतले अग्रता लिएका छन् ।
उनीसँग सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसालले प्रतिस्प्रर्धामा आएकी छिन् । भुसालले ६९४ मतसहित एमालेका खड्कालाई पछ्याइरहेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा काकी ६७३ मतसहित तेस्रो स्थानमा छिन् ।