close

गुजारामा हवाई फायर

Trulli
ADVERTISEMENT

काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा झडप भएपछी प्रहरीले गोली चलाएको छ ।

सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो । 

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । 

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तरपनि मतदान भने सञ्चालन भइरहेको छ ।