तनहुँ । तनहुँको घिरिङ गाउँपालिका १ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेको छ ।
कार्यकर्ता पक्राउ भएपछि यस ठाउँमा मतदान सुरू हुन सकेको छैन ।
हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले बताए ।
उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका १ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।