चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।
चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान सात बजे मतदान गरेका हुन्।
यस केन्द्रबाट प्रचण्डले पहिलो मतदान गरेका हुन्। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट चितवन पुगेका थिए।
२०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।