close

पार्टी हैन विकास हेर्नेलाई मत हाल्ने तयारिमा मतदाता

पार्टी हैन विकास हेर्नेलाई मत हाल्ने तयारिमा मतदाता

Trulli
ADVERTISEMENT

ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ साब्लाखु गाउँकी अप्सरा पन्दाक काठमाडौँमा स्नाकोतर तहमा अध्यनरत छिन् । यही मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदान गर्न अहिले उनी गाउँ पुगेकी छिन्। उनी पहिलो पटक मतदान गर्दैै छिन् । 

आफूले कुनै पार्टी नहेरेर विकास गर्नसक्ने योजना भएको उम्मेदवारलाई मतदान गर्ने योजना बनाएको उनी बताउँछिन् । उनी भन्छिन्, “मैले मतदान गरेको उम्मेदवारले गाउँमै राजगारीको सिर्जना गर्न सकोस् । रोजकारीका लागि भौँतारिन नपरोस्, शिक्षा, स्वास्थ, यातायात, सञ्चार क्षेत्रमा राम्रो विकास गरोस् ।”

भ्रष्टाचार नगरी नागरिकको हितको काम गर्ने उम्मेदवारलाई नै मत दिने सोचमा छन् फुङ्लिङ नगरपालिका–५ का सुवास रिजाल । उनी भन्छन्, “मैले मत दिएको उम्मेदवारले किसानको समस्यालाई बुझ्न सकोस् । किसानलाई सहुलियतमा ऋणको व्यवस्था गर्न सकोस् । कृषिमा रोजगारी सिर्जना गर्न सकोस् ।”

जिल्लाका अधिकांश मतदाताले सडकको स्तरोन्नति, कालोपत्र, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, औद्योगीकरणजस्ता विकासको अपेक्षा राखेका छन् ।  

हिजोदेखि शून्य अवधि सुरु भएकाले उम्मेदवारले आफ्नो जीत निकाल्नका लागि अहिले मतदातासँग भेटघाट र फोन सम्पर्कलाई जोड दिएका छन् । जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमालेसहित अन्य राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यतिबेला कसले विजयको पगरी गत्थने हो भन्ने चर्चा मतदातार राजनीतिक दलका नेता कार्यकर्तामा अनेक अडकलबाजी हुन थालेको छ । 

यता किसानलाई चुनावभन्दा आफ्नो अन्नबाली भित्र्याउने चटारोले छोपेको छ । खेतबारीमा लगाएको बाली पाकेर काट्न र थन्क्याउन हतार छ । खेतमा धान काट्ने बेला भएको छ भने अलैँची बगानमा पाकेको अलैँची उठाउन ढिला भइसकेको छ । हिजोसम्म पनि कतिपय उम्मेदवार तथा नेता कार्यकर्ता खेतबारीमै पुगेर दुई हात जोडदै  भोट माग्दै आएका थिए ।

पाथीभरा याङ्वरक गाउँपालिकाकी राधिका भट्टराई भन्छिन्, “नेताको काम भाषण गर्ने हो । हाम्रो काम हामीले नै गर्ने हो । अहिले हात जोड्दै खेतबारीमा आउँछन् । भोट माग्ने मात्र आउँने हो । भोट दिएपछि खेतबारीमा आउँदैन ।” भोट दिएर जिताएका नेताहरुले किसानका लागि केही राहत पुग्ने काम नगरेको सिदिङवा गाउँपालिका–४ साब्लाखुका किसान केशव पन्दाक बताउँछन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभाका लागि सभा ११ जना र प्रदेशसभाका लागि १६ जना उम्मेदवार चनावी मैदानमा छन् ।