काठमाडौं महानगरपालिकाले पूर्वीचौकी गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।
मंगलबार महानगरपालिकाको छैठौँ नगर कार्यपालिकाको बैठकले गाउँपालिकालाई रु १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
कात्तिक २३ गते डोटीको पूर्वीचौकी गाउँपालिकामा केन्द्रबिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्प जाँदा ६ जनाको मृत्यु र ७ जना गम्भिर घाइते भएका थिए ।
भुकम्प पिडितलाई राहत वितरणको लागि काठमाडौं नगरपालिकाले उक्त रकम पूर्वीचौकी गाउँपालिकालाई दिन लागेको हो ।