दाङ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागी दाङका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र ६१ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन्।
क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए।
त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन्। जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको छ।