close

नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडक खुल्यो

Trulli
ADVERTISEMENT

चितवन । शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति २ बजेतिर लेदाे र ढुंगासहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो ।

शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

माैरी पुलमा साेमबार रातिदेखि पहिराेका कारण दिनहुँजसो बाटाे बन्द हुने गरेकाे छ । वर्षा भएपछि खाेल्सामा थुप्रिएकाे माटाे‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ माैरी पुलमा बाटाे बन्द हुने समस्या देखिएको छ ।

संघीय राजधानी काठमाडाैंलाई जाेड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयाैं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।