पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान पोखराबाट ४५ यात्रु बोकेर काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको हो ।
८:५४ मा उडेको जहाज ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि विमान फर्काइएको हो । जहाजको बायाँ इन्जिनमा समस्या देखिएको उनले बताए ।
उडेको ६ मिनेटमै जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको सुवेदीले बताए ।