तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँमा ट्रक पल्टिँदा राजमार्ग नै अवरुद्ध भएको छ ।
तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
व्यास नगरपालिका–१२ स्थित छिर्कन नजिक बुधबार बिहान ट्रक सडकमै पल्टिएको हो ।
ग १ ख ४७९२ नम्बरको ट्रकमा रहेको बालुवा राजमार्गभरि छरिएको छ।
बालुवासहितको ट्रक सडकमा तेर्सो परेर पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
ट्रक र बालुवा हटाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।