नवलपुर । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।
बसमा ३१ जना सवार रहेको र घाइते चार जनाको अवस्था गम्भीर रहेको पाठकले बताए ।
घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्य घाइतेको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।
चालक फरार रहेको र खोजी भइरहेको डिएसपी पाठकले बताए ।