काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ६ बजे हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
सिन्धपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
काठमाडौंमा पनि धक्का महसुस भएको थियो ।