काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदरस्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्य बदली रहेको छ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पहाडी भू-भागका अधिकांश स्थानमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।