सल्यान । अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै ठाँउठाँउमा पहिरो खसेपछि राप्ती राजमार्ग सोमबार मध्यराति देखि अवरुद्ध भएको हो ।
माथिबाट ढुंगा र लेदोसहितको माटो खसिरहेको कारण पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।
'सुरक्षाकर्मी डोजरसहित पहिरो हटाउन रातिदेखि खटिए पनि पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको' जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो खसिरहेकाले यात्रुलाई हिँडेर आउ-जाउ गर्न समेत जोखिम छ ।