काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले (सोमबार बिहान) देशका अधिकांश स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छद।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम र बाग्मती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।