धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
काठमाडैंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस बिहान दुई बजेतिर दुर्घटनामा परेको हो ।
बस पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
खाल्डाखुल्डीसहितको घुम्ती सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
Amir