close

सफ्टवेयर डाउन हुँदा चार अन्तर्राष्ट्रिय उडान प्रभावित

सफ्टवेयर डाउन हुँदा चार अन्तर्राष्ट्रिय उडान प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर डाउन हुँदा चारवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । 

उडान प्रभावित हुँदा कम्तीमा ५ सय यात्रु प्रभावित भएका अध्यायन प्रमुख पुष्प शाहीले बताए । 

उनले बुधबार दिउँसो ३ बजेर ५१ मिनेटमा अध्यागनको सर्भर बिग्रिएको बताइन् । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुलाई अध्यागन कार्यालय सेवा दिन सकेन ।

‘गृह मन्त्रालयमा रहने जीआइडीसी नामको सर्भरले काम नगर्दा चारवटा अन्तर्राष्ट्रिय वायुसेवाका कम्तीमा ५ सय यात्रुलाई समयमै पासपोर्टमा छाप लगाउने, भिषा दिने, जरिवाना तिराउने लगायत राहदानीसँग सम्बन्धित सेवा समयमै दिन सकिएन,’ अध्यागमन प्रमुख शाहीले भने, ‘करिब डेढ घन्टापछि साझ साढे ५ बजेमात्रै सर्भर बन्यो ।’