close

नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो

Trulli
ADVERTISEMENT

नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात प्रभावित भएको छ ।

यो सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी हवल्दार विषम कुँवरले जानकारी दिए ।

लगातारको अविरल वर्षा र पहिरोले सडक अस्तव्यस्त बनेको छ ।

अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वर्षा नरोकिँदा बाटो खुलाउन समस्या भएको वरिष्ठ प्रहरी हवल्दार कुँवरले बताए ।