काठमाडौं । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।
आज (बुधबार) बिहान करिब ६ बजेदेखि आगलागी भएको स्थानीयले बताएका छन् ।
दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल आएको तर त्यसले काम नगरेपछि नेपाल प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।