काठमाडौं । कोटेश्वरमा भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सोमबार साँझ माइक्रो (हायास)को ठक्करबाट ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
यात्रुलाई ठक्कर दिएपछि माइक्रो बालकुमारीबाट आउँदै गरेको प्रदेश ३–००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो ।
ट्रकसँग ठोक्किएको हायसको अगाडिको भागमा क्षति पुगेको छ ।