हुम्ला । हुम्लामा लगातार वर्षाका कारण नियमित हवाई उडान हुन सकेको छैन ।
नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् । सदरमुकाम सिमकोटमा महँगी बढेर उपभोग्य सामानको मूल्य वृद्धि भएको छ ।
मुख्य यातायात मार्ग नै नियमित नभएपछि महँगी बढेको हो ।
पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा विकास निर्माण काम पनि ठप्प भएका छन् ।
हुम्ला जिल्लामा खाद्यान्नको समेत समस्या भएको स्थानीय कृषक परेकबहादुर रोकायाले बताए ।