वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेकोे छ ।
बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।
वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।
वर्षा याम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्ने गर्दछ ।