गोरखा । गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान ७ बजेर २२ मिनेटमा गोरखाको थुमीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस गरिएको थियो ।
यसअघि बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का कास्कीसहित बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो ।