close

मेलम्चीको विकल्प सिस्नेरी खोला

मेलम्चीको विकल्प सिस्नेरी खोला

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी उपलब्ध गराउन मेलम्चीको विकल्पको रूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी 'लिफ्टिङ' गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि मंगलबार खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अध्ययनपछि चौधरीले पाइपलाइन बिछ्याएपछि दैनिक ६ करोड लिटर पानी काठमाण्डौ ल्याउन सकिने बताए । 

मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको मन्त्री चौधरीले जानकारी दिए । यो आयोजना सम्पन्न गर्न २६ अर्ब रूपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ।