काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट बाटोमा हिँडीरहेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो ।
प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।