काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायु सेवा कम्पनीलाई हवाई सेवामा हड्ताल नगर्न चेतावनी दिएको छ ।
वायु सेवा कम्पनीले पत्रकार सम्मेलन गरी सेवा नै प्रभावित पार्ने चेतावनी दिएकै दिन नागरिक प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी वायु सेवा कम्पनीलाई सो चेतावनी दिएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने चेतावनी दिएको थियो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले धाकधम्की नचल्ने बताउँदै भने, ‘ धाकधम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’