रुकुम (पूर्व) । रोल्पाको मादी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ ।
१३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए ।
भाबाङ स्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी अनुसन्धानमा खटिएको छ ।
बालकको शव पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ ।