पोखरा । पोखरा महानगरपालिकामा करेन्ट लागेर एक ज्यानको मृत्यु भएको छ।
प्रहरीका अनुसार पोखरा–१४ छिनेडाँडाको खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका पाेखरेलकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे थियो ।