close

हालसम्म कै ठूलो परिणाममा हिरोइनसहित ७ जना पक्राउ

हालसम्म कै ठूलो परिणाममा हिरोइनसहित ७ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीले हालसम्म कै सबैभन्दा ठूलो परिमाणमा सेतो र खैरो हिरोइनसहित ७ जना अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ। 

५१ केजी लागूऔषधसहित उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हिरोइन अहिलेसम्मकै धेरै हो ।

उनीहरूको साथबाट ४९ किलो सेतो र २ किलो खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हिरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हिरोइन बरामद गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठाउँमा हिरोइन बरामद गरिएको हो ।