close

चुँदीखोलामा आएको बाढीले भत्कायो पुल

चुँदीखोलामा आएको बाढीले भत्कायो पुल

Trulli
ADVERTISEMENT

तनहुँ । तनहुँको चुँदीखोलामा बाढी आउँदा जिल्लाको भानु नगरपालिका २ र ५ जोड्ने पुलमा क्षति पुगेको छ । 

मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । 

बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएका छन् भने सर्वसाधरणलाई आवतजावतमा समस्या भएको छ । गत जेठ २२ गते मात्र बाढीले पुलको केही भागमा क्षति पर्‍याएको थियो ।