close

काठमाडौं धुलोमुक्त पार्न महानगरले सञ्चालनमा ल्यायो ब्रुमर

काठमाडौं धुलोमुक्त पार्न महानगरले सञ्चालनमा ल्यायो ब्रुमर

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) प्रयोग गरी सडक सफा गर्न सुरु गरेको छ । 

महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएपछि आज (बुधबार)देखि काम सुरु भएको जानकारी दिए ।

आजदेखि पाँच वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिएका छन् ।

‘सानातिना मर्मत लगायतका काम  पनि नभएर लगभग निष्क्रिय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजदेखि पाँच वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन् ।’

भोलि (बिहीबार) देखि थप चार वटा ब्रुमर पनि सञ्चालनमा आउने उनले बताए । कूल नौ वटा ब्रुमरले नियमित रूपमा काठमाडौंका सडक सफा गरिने छ ।

बालेनले भनेका छन्, ‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’