close

बन्दीपुरमा चितुवा आतंक, एक बालकको मृत्यु

बन्दीपुरमा चितुवा आतंक, एक बालकको मृत्यु

Trulli
ADVERTISEMENT

तनहुँ । बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ। 

चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो । 

घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । 

उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

'चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्‍यौँ', उनले भने ।

चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ । 

केही दिनयता बन्दीपुरमा चितुवाको आतंक बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए ।