रुकुमपश्चिम । रुकुमपश्चिम प्रहरीले जबर्जस्ती करणीको प्रयास गर्ने एक युवक लाई पक्राउ गरेको छ ।
जिल्लाको मुसीकोट नगरपालिका– १को बह्राटाकुरास्थित एक महिलालाई जबर्जस्तीकरणीको प्रयास गर्ने ३० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख (डिएसपी)विष्णुप्रसाद सोतीका अनुसार पक्राउ पर्ने युवक दाङ तुलसीपुर उपमहानगरपालिका-४ का रामबहादुर ओली हुन् ।
आफ्नो कामकाज सकेर घर फर्कने क्रममा बाटोमा माफूमाथि जबरजस्तीकरणको प्रयास भएको भन्दै महिलाले प्रहरीमा जाहेरी दर्तागरेकी
छन् । ओलीलाई पक्राउ गरी उनीमाथि जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
डिएसपी सोतीका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको छ ।प्रहरी समक्ष पीडित महिलाले आफूमाथि जबर्जस्तीकरणीको प्रयास गरेको बयान दिएकी छन्।