काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै स्थानीयले तुलसीपुर इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।
प्रेमीको घरमै गएर महिला र बालबालिकामाथि कुटपिट गरेको भन्दै वलीलाई कारबाहीको माग गर्दै स्थानीले इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
प्रेमीको घर गएर लफडा गरेपछि मंगलबार विमलालाई स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।