काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ स्थित खयरघारीमा सडक दुर्घटना भएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन् ।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी आपसमा ठोक्किएको हो ।
बसले ओभरटेक गर्ने क्रममा ट्याक्सीसँग ठोक्किएको प्रहरीले जनाएको छ । ट्याक्सीमा रहेका चार जना घाइते भएका हुन् ।
घइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।