काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ गरेको सो मुद्दा समय अभावको कारण देखाउँदै हेर्दा हेर्दैमा राखेको हो ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि अर्का प्रतिस्पर्धी प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको सुनुवाइका लागि अर्को मिति ५ गतेका लागि तोकिएको छ।