काठमाडौँ । पहिरो पन्छाएपछि फेरि यातायात सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा पहिरोको कारण अवरुद्ध सडक केही बेर अगाडिदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
त्यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो।
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।
चितवन प्रहरीका अनुसार यातायात सञ्चालनमा आए पनि जामको बेला लेन नियमको अवज्ञा गरेका सवारी साधनका कारण यात्रुहरू अझै बिचल्लीमा परिरहेका छन् ।
लेन मिचेर अगाडि आएका सवारी साधनहरूलाई कारबाही गरिएको समेत प्रहरी जानकारी दिएको छ ।